१०० करोड भारु कमाउने सलमानको १५ औं फिल्म बन्यो दबंग ३

सफल खबर संवाददाता

विहीबार, १० पुस २०७६, २१ : ४९
१०० करोड भारु कमाउने सलमानको १५ औं फिल्म बन्यो दबंग ३

बलिउड अभिनेता सलमानको फिल्म दबंग ३ ले बक्स अफिसमा १०० करोड भारु कलेक्सन कटाएको छ ।

१०० करोड भारुको व्यापार गर्ने सलमान खानको यो १५ औं फिल्म हो ।

प्रदर्शनयता फिल्मले १००.८५ करोड भारु कमाएको समाचारमा जनाइएको छ । फिल्ममा सलमानका अलवा सेनाक्षी सिन्हा, किच्चा सुदीप, सई मान्जरेकरको मूख्य भूमिका रहेको छ । 

गएको शुक्रबार रिलिज भएको दबंग सिरिजको तेस्रो फिल्म १०० करोड क्लबमा परेको हो । देशभर नागरिकता विवादमा भएको प्रदर्शनका बीच पनि फिल्मले उल्लेख्य दर्शक पाएको हो । समाचारमा खान अभिनित फिल्मले १०० करोड भारु कलेन्सन गरेको यो लगातार १५ औं पटक हो ।

प्रतिक्रिया दिनुहोस