क्रिकेट रंगशाला निर्माणका लागि जिग्री र पाँडेले दिए रकम

सफल खबर संवाददाता

विहीबार, १० पुस २०७६, १५ : ४५
क्रिकेट रंगशाला निर्माणका लागि जिग्री र पाँडेले दिए रकम

काठमाडौं । धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि हाँस्य कलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले रु ८० हजार सहयोग गरेका छन् ।

दुबै कलाकारले एपी वान टेलिभिजनबाट प्रसारण भएको ‘को बन्छ करोडपति’को पहिलो सिजनमा खेल खेलेर जितेको उक्त रकम धुर्मुस–सुन्तली फाउण्डेसनलाई प्रदान गरेका हुन् । 

दुबै कलाकारले सामाजिक संजाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै करोडपतिबाट जितेको रकम धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गराएको जनाएका छन् ।

उनीहरुले स्टाटस लेखेका छन् ‘ जनस्तरबाट निर्माण भइरहेको ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी हामी कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)ले एपी वान टेलिभिजनबाट प्रशारण भएको ‘को बन्छ करोडपति’को पहिलो सिजनमा खेल खेली जितेको ८० हजार रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छौँ । राष्ट्र निर्माण, तपाई हाम्रो अभियान ।’

प्रतिक्रिया दिनुहोस