१८ करोड हिनामिना प्रकरण : धरौटिमा छुट्ने सञ्चालक र खातावाल विरुद्ध सरकारी वकिल सर्वोच्च जाने

सफल खबर संवाददाता

बुधबार, ०९ पुस २०७६, २० : ४५
१८ करोड हिनामिना प्रकरण : धरौटिमा छुट्ने सञ्चालक र खातावाल विरुद्ध सरकारी वकिल सर्वोच्च जाने

दाङ ।  तत्कालीन वेष्टर्न डेभलमेन्ट बैँक नारायणपुर शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दामा थुनामा राखेर कारवाही गर्नुपर्नेमा धरौटिमा छाडेको भन्दै सरकारी वकिल कार्यालय सर्वोच्चमा निवेदन गर्ने भएको छ ।

सरकारी वकिल कार्यालय घोराहीका प्रमुख सुशिल देवकोटाले थुनामा राखेर कारवाही गर्नुपर्नेमा उच्च अदालतले दिएको धरौटिमा छाड्ने आदेश विरुद्ध सर्वोच्चमा निवेदन गर्ने भएको जानकारी दिए । सरकारी वकिल कार्यालयले बैँक सञ्चाल, सिइओसहीत कैद र जरीवाना दुवै माग गर्दै उच्च अदालतमा मुद्धा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस