पेस्तोल बोकेर हिँडिरहेको सूचनाको आधारमा एक जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०९ पुस २०७६, १२ : २१
पेस्तोल बोकेर हिँडिरहेको सूचनाको आधारमा एक जना पक्राउ

काठमाडौँ । महानगरीय अपराध महाशाखाको टोलीले एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिकास्थित बालुवाखानीतिर पेस्तोल बोकेर हिँडिरहेको भन्ने सूचनाको आधारमा महाशाखाको विशेष टोलीले रामेछाप मन्थली नगरपालिका १३ घर भइ हाल काठमाडौँको चुनिखेल बस्दै आएका ३५ वर्षीय रोशन बर्देवालाई पक्राउ गरेको हो । 
उनी नेपाली सेनाको भगौडा भएको पाइएको प्रहरीले जनाएको छ ।