चितवनमा युवा उद्यमीद्वारा फ्रेस हाउस संचालन

सफल खबर संवाददाता

बुधबार, ०२ पुस २०७६, १४ : ४३
चितवनमा युवा उद्यमीद्वारा  फ्रेस हाउस संचालन

चितवन । स्वस्थ्यबर्धक मासु उपलब्ध गराउने उद्देश्यले भरतपुरमा अत्याधुनिक तवरले निर्माण गरिएको फ्रेस हाउस संचालनमा आएको छ । 
महानगरको हाकिम चोकमा हाइजेनिक फ्रेस हाउस मिस्टर बुचरको नामबाट आज देखि सन्चालनमा आएको छ । स्वदेश भित्र रोजगारी भएन भनेर विदेशिने युवाहरुलाई चुनौती दिदैं स्थानिय युवाहरुले फ्रेस हाउस संचालनमा ल्याएका हुन् ।

पृथक सफा, गुणस्तरिय ,व्यवस्थित र उचित मापदण्डमा रहेर मासु पसलहरु जिल्ला भित्रै कमै रहेको बेला अत्याधुनिक र गुणस्तरिय पसल संचालनमा ल्याएको युवा व्यवसायी संचालक सौगात तिवारीले बताए । सरसफाइ जस्तो संबेदनशिल कुरामा ध्यान नदिदा मानबिय स्वास्थ्यमा विभिन्न समस्याहरु देखा पर्ने गर्दछ । यिनै कुराहरुलाइ मध्यनजर गर्दै केही फरक गर्ने सोचका साथ  युवाहरुले भरतपुरको हाकिमचोकमा हाइजेनिक फ्रेस हाउस मिस्टर बुचर सन्चालनमा ल्याएका हुन् ।

नेपाली युवाहरुले नेपालमा बसेर पनि केही गर्न सक्छ्न् भन्ने उद्धेश्यका साथ सो फ्रेस हाउस सन्चालन गरेको मिस्टर बुचरका कार्यकारी निर्देशक नविन गुरागाइले बताए । ९ लाखको लगानी रहेको फ्रेस हाउसमा २ महिना भित्र ग्राहकहरुलाई सहज र सुलभ सेवा दिन े अनलाइन सेवा समेत प्रदान गरिने छ । अन्य फ्रेस हाउसको तुलनामा गुणस्तरिय सेवा प्रदान गरि ग्राहकहरुलाइ सन्तुष्टि दिलाउन लोकल खसीको मासु, कुखुराको मासु पाइने भएकाले ग्राहकहरुले बेग्लै अनुभूति गर्ने फ्रेस हाउसका मार्के्टिङ म्यानेजर विशाल अर्यालको भनाई छ ।

‘हामीहरुको यस कदमले धेरै युवाहरुलाइ केही नयाँ गर्नुपर्छ, भन्ने आशा जगाएको छ’–अर्यालले भने,‘ आफुहरुको यो कामले सफलता पाउनेमा विश्वस्त छौं ।’  आगामी दिनमा अझ जोश र जागरका साथ जुझारु युवाहरुलाई साथमा लिएर अगाडि बढ्ने मिस्टर बुचरका संस्थापक अध्यक्ष सौगात तिवारीले बताए । आजदेखि सन्चालनमा आएको फ्रेस हाउसमा सुरुवाती सातामा मासु खरिद गर्दा विशेष छुट र अफरको व्यवस्था समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस