सांसद विद्या भट्टराईलाई शपथ खुवाइन् उपसभामुख शिवमाया तुम्वाहाम्फेले

सफल खबर संवाददाता

मंगलबार, ०१ पुस २०७६, १४ : २१
सांसद विद्या भट्टराईलाई शपथ खुवाइन् उपसभामुख शिवमाया तुम्वाहाम्फेले

काठमाडौं । गत मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले सांसद पदको सपथ लिएकी छिन् । उपसभामुख शिवमाया तुम्वाहाम्फेले संसदको कृषि समितिको हलमा भट्टराईलाई शपथ खुवाएकी हुन् ।

सांसदहरुलाई सभामुखले सपथग्रहण गराउने प्रचलन भएपनि यतिखेर सभामुख नभएकाले भट्टराईलाई उपसभामुखबाट शपथ ग्रहण गराइएको हो । संविधानको धारा ९१ को चारमा सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने उल्लेख छ । 

शपथपछि बोल्दै भट्टराईले कानुन निमार्णका विषयमा आफ्नो प्राथमिकता रहने बताइन् । उनले चुनावका बेला जनतासँग गरेका प्रतिबद्धता पूरा गरेरै छोड्ने दृढता व्यक्त गरिन् ।

कस्की–२ को उपचुनावमा भट्टराई नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई  हराउँदै विजयी भएकी थिइन् । उनले पौडेललाई ८ हजार ४०९ मतान्तरले पराजित गरेकी  हुन् । भट्टराईले २४ हजार ३९५ मत प्राप्त गरेकी थिइन् भने  पौडेलले १५ हजार ९८६ मत ल्याएका थिए ।