पछुताइरहेछिन्, रीमा विश्वकर्मा

शुक्रबार, २७ मंसिर २०७६, १७ : ०७
पछुताइरहेछिन्, रीमा विश्वकर्मा

काठमाडौं । रीमा विश्वकर्मा जीवनमा धेरै कुरामा असफल रहिन् । मोडलिङ, अभिनय, विवाह कुनै पनि आयाममा उनले उचाइ प्राप्त गर्न सकिनन् । उनको पहिलो करिअर म्युजिक भिडियो मोडलिङ थियो । यहाँ पनि उनले खास सफलता हात पार्न सकिनन् । सँगैकी केकी अधिकारी आज पनि म्युजिक भिडियोमा उत्तिकै व्यस्त छिन् तर रीमालाई म्युजिक भिडियोमा नदेखेको धेरै भयो ।

मोडलिङबाटै रीमाले हिरोइनमा जम्प गरिन् । यहाँ पनि उनले सफलता हात पारिनन् । आधा दर्जन फिल्म खेलेकी उनले एउटा पनि सम्झनलायक रोल पाइनन् । यो पनि नभएपछि रीमाले विवाह गरिन् । तर, उनलाई विवाह पनि फापेन । एक वर्ष नपुग्दै डिभोर्स भयो । रीमालाई यतिञ्जेलसम्म फापेको एउटै चिज हो, एंकरिङ । तर, यसमा पनि रीमाले बुद्धि नपुर्‍याउँदा थकथकाइरहेकी छिन् ।

खासमा रीमाको एंकरिङ करिअर चम्केकै ‘नेपाल आइडल-ले थियो । तर, यो साल उनले यो सो छाडिन्, ‘कमेडी च्याम्पियन-का लागि । तर, कहाँ ‘नेपाल आइडल-, कहाँ ‘कमेडी च्याम्पियन- ? अझ ‘कमेडी च्याम्पियन-ले सोचेजस्तो प्रतिक्रिया नपाएपछि त उनले नजिककासँग बेकारमा ‘नेपाल आइडल- छाडेको भनेर गुनासो गर्ने गरेकी छिन् । अब आगो लागेपछि कुवा खनेर के काम ! - सम्पूर्ण साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस