‘दोषीलाई कारवाही गर’ : मानवअधिकारवादी संघसंगठन

सफल खबर संवाददाता

मंगलबार, २४ मंसिर २०७६, १२ : ००
‘दोषीलाई कारवाही गर’ : मानवअधिकारवादी संघसंगठन

चितवन । चितवनका विभिन्न मानवअधिकारवादी संघसंस्थाले गणतन्त्रको संस्थागत र संरचनात्मक विकासका लागि एक्यबद्धता प्रकट गर्दै देशभरि हालै घटेको विभिन्न घटनाको भत्र्सना गर्दै दोषी उपर कडा कारवाहीको माग गरेको छ । 

जिल्ला भित्र रहेका विभिन्न ७ वटा मानवअधिकारवादी संघसंस्थाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै मंसिर २१ गते चितवनको ईच्छाकामना गांउपालिका–२ वडाध्यक्ष पंच चेपांग माथि भएको दुव्र्यहारको कडा भत्र्सना गर्दै दोषी उपर कानुन बमोजिम कारवाहीको माग गरेको छ । त्यस्तै भरतपुर महानगरपालिका–२७ मेघौलीमा कुटपिट गरि हत्या गरिएको घटना र बाँकेको कोहलपुरमा विद्यार्थी बालबालिका माथि भएको सरकारी दमनको विरोध र गोली सम्म चलाई घाईते बनाएको घटना प्रति आपत्ती प्रकट गरेको छ । 

विज्ञप्ती भनिएको छ, ‘यस्ता घटनाहरु घट्न नदिन र सुरक्षाको प्रत्याभुति दिलाउन जोडदार माग गर्दछौं ।’ विज्ञप्ती जारी गर्नेहरुमा मानवअधिकार संजाल, पत्रकार महासंघ, मानवअधिकारवादी संगठन, राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र, मानवअधिकार संरक्षण मञ्च, मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल, यौनजन्य हिंसा विरुद्धको साझा अभियान छन् । 
 

प्रतिक्रिया दिनुहोस