धारा निर्माण गर्ने मनकारी दाता

विहीबार, २५ माघ २०७४, १२ : ४९
धारा निर्माण गर्ने मनकारी दाता

अछाम । अछामको चौरपाटी गाउँपालिका वडा नं ६ दुनीमा एक स्थानीयवासीले आफ्नै लगानीमा खानेपानीको धारा निर्माण गरेका छन् ।

स्थानीय तुले साउदले चौखुट्टे बजारबाट दुनी जाने बाटोमा रहेको सिमशैलीमा आफ्नो व्यक्तिगत लगानीमा खानेपानीको धारा निर्माण गर्नुभएको हो ।
करिब रु ८० हजार व्यक्तिगत लगानीमा खानेपानीको धारा निर्माण गरेको साउदले बताउनुभयो । पानीको मुहान संरक्षण गर्न तथा आउने जाने बटुवा र स्थानीयवासीलाई पानी पिउन सहज होस् भन्ने उद्देश्यले धारा निर्माण गरिएको हो ।
साउदले धारा निर्माण गरेपछि स्थानीयवासीलाई नुहाउन र बटुवालाई पानी पिउनसमेत निकै सहज भएको स्थानीयवासी भानसिंह साउदले बताउनुभयो । यस्तै उक्त कार्यले पानीको मुहान संरक्षणमा समेत टेवा पुगेको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस