काठमाडौं । दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले आफ्नो अग्रता कायमै राखेको छ । बुधबार साढे ३ बजेसम्म नेपालले जम्मा ६० पदक जितेको छ । जसमा स्वर्ण २७, रजत १४ र कांस्य १९ समावेश छ ।
यसैगरी भारत २२ स्वर्ण, १९ रजत र १० कांस्यसहित ५१ पदक जित्दै पदक तालिकामा नेपालको पछिपछि छ ।
यसैगरी तेस्रो स्थानमा रहेको पाकिस्तानले ८ स्वर्ण, १३ रजत र १३ कांस्यसहित ३४ पदक जितेको छ भने चौथो स्थानमा रहेको श्रीलंकाले ६ स्वर्ण, १७ रजत र ३२ कांस्यसहित ५५ पदक जितेको छ ।
पाँचौ स्थानमा रहेको बंगलादेशले ४ स्वर्ण, ७ रजत र २४ कांस्यसहित ३५ पदक जित्दा माल्दिभ्स १ स्वर्ण जितेर पनि छैटौँ स्थानमा रहेको छ । माल्दिभ्सले थप २ कास्य पनि जितेको छ ।
यता तालिकाको पुछारमा रहेको भुटानले ३ कांस्य जितेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ मंसिर २०७६, १५ : ४६
लेखकबाट थप