ओलीपछि के विद्या भण्डारी प्रधानमन्त्री बन्दैछिन् ?

सफल खबर संवाददाता

मंगलबार, १७ मंसिर २०७६, ०७ : ५३
ओलीपछि के विद्या भण्डारी प्रधानमन्त्री बन्दैछिन् ?

काठमाडौं । नेपालको राजनीतिमा अहिले एउटा नयाँ बहस शुरु भएको छ । बहस शुरुआत गरेका हुन्,– लेखक तथा विश्लेषक सौरभले ।  केही वर्ष यता, नेपालको राजनीतिको गहन अध्ययन गरिरहेका र आफुले गरेका विश्लेषण समय अनुसार मिल्दो पनि देखिएको बताउँदै आएका लेखक सौरभले राजनीतिमा फेरि एउटा नयाँ बहस शुरु गरेका छन् ।

सुन्दा यस्तो कसरी हुन्छ ? यो पनि सम्भव छ र ? जो कोहीले सुन्ने वित्तिकै प्रश्न गरिहाल्छन् । तर, त्यस्तै अब्बल सम्भावना नेपालको राजनीतिमा विकसित हुदै गएको तर्क उनले अगाडी सारेका छन् ।  उनको तर्क हो, – केपी ओली पछि नेपालको प्रधानमन्त्रीमा राष्ट्रपति विद्या भण्डारी आउनेछिन् । बहालवाला राष्ट्रपति कसरी प्रधानमन्त्रीमा आउन सक्छन् ? तर कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्रीमा भण्डारी आउन लालायित रहेको र त्यसको राजनीतिक वातावरण निर्माणका लागि भित्री खेलहरु भईरहेको सौरभले बताएका छन् ।

सोमबार एक टेलिभिजनलाई अन्र्तवार्ता दिदै सौरभले ओली पछिको प्रधानमन्त्रीका रुपमा पहिलो नम्बरमा राष्ट्रपति भण्डारी र दोश्रो नम्बरमा इश्वर पोखरेलको सम्भावना रहेको बताए । त्यसपछि नै एकाएक यो विषय राजनीतिक रंगमञ्चमा चर्चामा आएको हो । उनले यस अगाडी ओली प्रधानमन्त्री बन्ने तर उनले चिनसँगको पारवाहन सम्झौता पहिलो प्रधानमन्त्री कालमा गरेको एउटा राम्रो काम भएपनि त्यसपछि उनले खास काम देखाउनै नसक्ने ठोकुवा गरेका थिए ।

उनले टेलिभिजन अन्र्तवार्तामा भनेका छन्,–‘मेरो पहिलेको तर्कमा कुनै प्रश्न छ र ? त्यही हो, अहिले मान्छेलाई यस्तो कसरी भन्ने प्रश्न उठ्ला तर, हुने म त्यही देखिरहेको छु, ओली पछि विद्या भण्डारी प्रधानमन्त्री बन्नेछिन् ।’ नेपाल खासगरी भारतको खेल मैदान बन्दै गएको र पश्चिमाहरुले पनि भारत मार्फत नै नेपालमा गतिविधि गरिरहेको विश्लेषण सौरभले गरेका थिए ।

उनले अन्य नेताहरु विदेशीका लागि टेष्टेड भईसकेको र अब बाँकी टेष्टेडका लागि राष्ट्रपति भण्डारी र अहिलेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल मात्र सम्भावनाका पात्र भएको टिप्पणी गरे । उनले भने,–‘भण्डारी र पोखरेल टेष्टेड नभएकै कारण उनीहरुको काँध माथी बन्दुक राखेर पड्काउने योजना बनाई राखिएको छ । त्यसकारण ओली पछि विद्या प्रधानमन्त्री हुन्छिन्, दोश्रोमा पोखरेल ।’

नेपालको राजनीतिमा उनको राजनीतिक विश्लेषणलाई अब्बल विश्लेषणका रुपमा लिइने गरिन्छ । तर सोमबारको अन्र्तवार्तामा उनले गरेको त्यस्तो तर्कलाई पुष्टि गर्ने आधार र तथ्यका विषयमा भने उनले धेरै खुलाएका छैनन । उनले यतिमात्र भनेका छन्,–‘यो राजनीतिक घटनाक्रमले पछि बताउँदै जानेछ । यति पनि नबुझने गरी म टिप्पणी गर्ने मान्छे होइन ।’

कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणमा सरकारले पहलकदमी लिन नसकेको, प्रतिपक्षलाई समेत सर्वपक्षिय बैठकमा राखेर ओलीले गल्ती गरेको उनको ठम्याई थियो । प्रतिपक्षलाई बाहिर राखेर सरकारलाई खबरदारी गर्न नदिनु सरकारको कालापानी क्षेत्रको मुद्धामा कमजोरी भएको उनले तर्क गरेका छन् ।


 

प्रतिक्रिया दिनुहोस