एकै दिन ६२ जना पाकेटमार पक्राउ

पत्रपत्रिकाबाट

मंगलबार, १७ मंसिर २०७६, ०७ : ३४
एकै दिन ६२ जना पाकेटमार पक्राउ

file photo

जनकपुरधाम ।  विवाह पञ्चमी मेलामा ६२ जना पोकेटरमार पक्राउ परेका छन्। मेलामा गरहगना, रुपैयाँ, मोबाइल चोरी गर्दै गर्दा पोकेटमारलाई प्रहरीले पक्राउ गरेका हुन्। पक्राउ पर्नेमा ४७ जना भारतीय र १५ जना नेपाली रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जनाए । ४७ जना भारतीय पकेटमार मध्ये १९ जना महिला पनि रहेका छन् ।

भीडको मौका छोपी भक्तजनको गालामा लगाएको सुनचाँकीको सिक्री, खल्तीको रुपैयाँ र मोबाइलजस्ता सरसमान झिक्दै गर्दा पकेटमार पक्राउ गरिएको एसपी खनालले जनाए।कतिपय सामान तुरुन्तै फिर्ता गरेको र कतिपय चोरीका मोबाइल प्रहरी कार्यालयमा राखिएका छन्। पीडितले पकेटमारमाथि उजुरी गर्न आउने क्रम मेला सकिएसँगै बढेको एसपी खनालले जानकारी दिए।

पक्राउ परेका पकेटमारलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । विवाहपञ्‍चमी मेलामा एक सय वटा सिसि क्यामरा जडान गरेर सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ । जानकी मन्दिरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका छुट्टाछुट्टै विशेष प्रहरी टोली सुरक्षा निगरानीमा छन्। 

ड्रोन क्यामरामार्फत पनि प्रहरीले भीडलाई निगरानी गरिराखेको छ। पाँच हजार प्रहरी सादा तथा पोशाकमा परिचालित रहेको धनुषाका सिडियो प्रदिपराज कणेलले जनाए । रामको जन्तीलाई सोमबार दिउँसो ३६ ब्यञ्‍जनसहितको भोज खुवाएर विदाइ गरेपछि यस वर्षको विवाहपञ्चमी महामहोत्सव सम्पन्न हुनेछ। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस