काठमाडौँ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अग्रस्थानमा रहेको छ । हालसम्म घोषणा भएका ४३ स्थानको मत परिणाममा नेकपाले २४ स्थानमा विजय हासिल गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस १२ स्थानसहित दोस्रो स्थानमा र चार स्थानका साथ समाजवादी पार्टी नेपाल तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले तीन स्थानमा विजय हासिल गरेका छन् ।
भक्तपुरको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष र हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपा उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
उपनिर्वाचन भएको ४३ वडाध्यक्षमध्ये ४० स्थानको मतगणना सकिँदा नेकपा २२, काँग्रेस ११, समाजवादी पार्टी नेपाल चार र राजपा नेपालले तीन स्थानमा विजय हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यको कास्की, प्रदेशसभा सदस्य बागलुङ र दाङको उपनिर्वाचनको मतगणना जारी छ ।
स्थानीय तहअन्तर्गत धरान उपमहानगरपालिका र महोत्तरीको पिपरा, पाँचथरको फागुनन्द गाउँपालिकामा पनि मतगणना जारी छ । यस्तै तीन वटा वडाको अन्तिम मतपरिणाम पनि आउन बाँकी छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १५ मंसिर २०७६, १७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचन : तिलागुफा-६ मा तयारी पूरा
उपचुनाव हुने ४१ वटै ठाउँको मतपत्रको नमूना सार्वजनिक
उपनिर्वाचनका उम्मेदवारलाई आयोगले आज चुनाव चिन्ह दिने
उपनिर्वाचन पर्यवेक्षण गर्न ९ संस्थालाई अनुमति
उपनिर्वाचन : उम्मेदवारको नामावली प्रकाशन आज
कुन दलले कति ठाउँमा दिए उम्मेदवारी, को-को उम्मेदवार ? (नामावलीसहित)