कास्कीमा खेमराज भन्दा विद्या ४५ सय मतले अगाडी

सफल खबर संवाददाता

आइतबार, १५ मंसिर २०७६, १० : ४४
कास्कीमा खेमराज भन्दा विद्या ४५ सय मतले अगाडी

काठमाडौं । प्रतिनिधीसभाको एक मात्र क्षेत्रका लागि भएको कास्की २ को उपचुनावमा नेकपा उम्मेदवार विद्या भटटराईले अग्रता बढाउँदै लगेकी छिन् ।

उनले प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार खेमराज पौडेललाई ४५ सय ८३ मतले अग्रता लिएकी छिन् । पछिल्लो परिणाम अनुसार विद्याले ८२६५ र पौडेलले ३६८२ मत प्राप्त गरेका छन् । यो वडा नम्वर ३३, २१ र २० वडाको मत गनिसक्दाको परिणाम हो । (सच्याइएको)

प्रतिक्रिया दिनुहोस