‘मेरो स्वास्थ्यमा तिब्र सुधार छ, चासो राख्ने सबैलाई धन्यवाद !’ : प्रम ओली

सफल खबर संवाददाता

विहीबार, १२ मंसिर २०७६, ११ : १०
‘मेरो स्वास्थ्यमा तिब्र सुधार छ, चासो राख्ने सबैलाई धन्यवाद !’ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो स्वास्थ्यमा तिब्र सुधार भईरहेको बताएका छन् । सामाजिक सन्जाल ट्विटरमा ओलीले आफनो स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै स्वास्थ्य अवस्थाको चासो राख्ने र सुभेच्छा प्रकट गर्नेहरुलाई धन्यवाद समेत ब्यक्त गरेका छन् ।

ओली मंगलबार अकस्मात  एपेन्डिसाइटिसको शल्यक्रियाका लागि त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा पुगेका थिए । मंगलबार नै उनको शल्यक्रिया गरिएको थियो भने हिजो (बुधबार) बाट भने स्वास्थ्यमा सुधार आएको थियो । उनले हिजै बिहान कालो चिया र बेलुकी सुप खाएका थिए ।

बिहिबार बिहान उनलाई जाउलो खुवाइएको छ । प्रधानमन्त्री ओली सामान्य हिड्डुल समेत गर्न थालेको चिकित्सकहरुको भनाई छ । अस्पतालाले पनि बिहिबार बिहान १० वजे वक्तब्य जारी गर्दै नियमति निगरानीमा प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनिय सुधार भईरहेको जनाएको छ ।

सर्वसाधारणले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे चासो राख्न थालेपछि  प्रधानमन्त्रीले आफनो स्वास्य अवस्थाका वारेमा सर्वसाधारणलाई सामाजिक सन्जल ट्वीटर मार्फत जानकारी गराएका हुन् । ट्वीटरमा उनले लेखेका छन्, –‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ । स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस