प्रधानमन्त्रीले बालुवाटारमा बोलाए उच्चस्तरीय निर्देशन समितिको बैठक

सफल खबर संवाददाता

मंगलबार, १० मंसिर २०७६, ०९ : २४
प्रधानमन्त्रीले बालुवाटारमा बोलाए उच्चस्तरीय निर्देशन समितिको बैठक

काठमाडौं । पाँच दिनपछि नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका सन्र्दभमा प्रधानमन्त्रीले चासो देखाएका छन् । उनले अहिलेसम्म भएका तयारीका विषयमा छलफल गर्न मंगलबार वेलुकी बालुवाटारमा उच्चस्तरीय निर्देशन समितिको बैठक बोलाएका छन् ।

साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको बैठकमा युवा तथा खेलकुद मन्त्री, साग आयोजना हुन लागेका प्रदेशका मुख्यमन्त्री, खेलकुद मन्त्रालयका सचिव, नेपाली सेनाका वलाधिकृत रथी, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका प्रमुख लगायतलाई निम्ताईएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । १५ मंसिरवाट सागको खेल नेपालमा आयोजना हुदैछ । दुई दशकपछि नेपालले यो खेलकुदको आयोजना गर्न लागेको हो ।

भूकम्पपछि भत्केका खेल मैदानहरु तिव्रगतिमा निर्माण भईरहेको र ५ दिनपछि खेलकुद आयोजना गर्नुपर्ने भएकोले त्यसको तयारी लगायतका विषयमा प्रधानमनत्रीले सम्बन्धित प्रदेशका मुख्यमन्त्री, खेलकुद मन्त्री लगायतसँग रिपोर्टिङ लिन र आवश्यक निर्देशन दिनका लागि प्रधानमन्त्रीले उच्चस्तरीय निर्देशक समितिको बैठक बालुवाटारमा बोलाएका हुन् । त्यस अगाडी प्रधानमन्त्रीले आजै सागमा खेल्ने नेपाली खेलाडी र प्रशिक्षकलाई प्रज्ञा भवन कमलादीमा विशेष सम्वोधन गर्ने कार्यक्रम पनि राखेका छन् ।

अहिले बिहान ११ वजे प्रधानमन्त्री ओलीले खेलाडी तथा प्रशिक्षकलाई विशेष सम्बोधन प्रज्ञा भवनमा आयोजित कार्यक्रममा गर्न लागेको थापाले वताए । त्यो सम्बोधन सकेपछि प्रधानमन्त्री ओलीले आजै निर्माणधिन दशरथ रंगशाला लगायतका क्षेत्रको पन िप्रत्यक्ष निरिक्षण गर्ने कार्यक्रम समेत रहेको छ । उनले रंगशालै पुगे निर्माणस्थलको अवलोकन गर्ने र भईरहेका गतिविधि प्रत्यक्ष आफैले हेर्ने तयारी थालेका हुन् । यसपछि साझ बालुवाटारमा बैठक बोलाएका हुन् । साग खेलकुद काठमाडौं, जनकपुर र पोखरामा आयोजना हुदैछन् । 

प्रतिक्रिया दिनुहोस