काठमाडौँ । उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि भएको सहमति कार्यान्वयन गर्ने समय आएको बताउनुभएको छ ।
सो मन्त्रालयमा आज कार्यभार सम्हाल्दै उपप्रधानमन्त्री यादवले सरकारमा जानुपूर्व भएको संविधान संशोधनको सहमति कार्यान्वयन गर्ने बेला आएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधन राजनीतिक विषय हो, हामीले यसअघि नै सहमति गरिसकेका छौँ, अब कार्यान्वयन गर्ने बेला आएको छ ।”
मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धेरै मन्त्रालयको अनुभव होस् भन्ने उद्देश्यले कानून मन्त्रालयमा पठाएको हुनाले काम गरेर देखाउने बेला आएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हो, हेरफेर गर्न सक्नुहुन्छ, मलाई अलि बढी नै माया गरेर पनि यो मन्त्रालय दिएको हुन सक्छ ।”
समाजवादी पार्टीका अध्यक्ष यादवलाई प्रधानमन्त्री ओलीले यही मङ्सिर ४ गते मन्त्रिपरिषद् पुनःगठन गर्दा उहाँलाई स्वास्थ्य तथा जनसङ्ख्याबाट कानून मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । मन्त्री यादव निजी सवारी साधनकै प्रयोग गरेर मन्त्रालयमा आउनुभएको थियो । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
जसपा नेपालले पार्टीको सार्वजनिक कार्यक्रममा अतिथि नराख्ने
स्थानीय तहमा दलविहीन चुनाव : उपेन्द्र यादव
जसपा नेपालले संविधान दिवसमा भाग नलिने, विरोध गर्ने
उपेन्द्र यादवको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुँदै
रक्षाबन्धन तथा जनैपूर्णिमाले सामाजिक सद्भाव अभिवृद्धि गराउँछ : अध्यक्ष यादव
राजदूत नियुक्ति समावेशी नभएकोमा उपेन्द्र यादवको आक्रोश