जनमुक्ति सेनाको त्याग र बलिदानबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र : नेकपा नेता प्रभाकर

सफल खबर संवाददाता

आइतबार, ०८ मंसिर २०७६, २१ : १९
जनमुक्ति सेनाको त्याग र बलिदानबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र : नेकपा नेता प्रभाकर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रभावशाली नेता तथा तत्कालीन माओवादीले सञ्चालन गरेको दशवर्षे जनयुद्धका डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकरले जनमुक्ति सेनाको त्याग र बलिदानबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सम्भव भएको बताएका छन् ।

‘जनमुक्ति सेनाको त्याग र बलिदान बिना न संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव थियो न जनताका अधिकारहरु सुनिश्चित हुने सम्भावना नै थियो’, प्रभाकरले आइतबार जनमुक्ति सेना स्थापना दिवसको अवसरमा बताएका छन् । उनले जनयुद्धको क्रममा आफ्नो युवा जोस जाँगरलाई पूर्णरुपमा समर्पण गरि बलिदान गर्ने शहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्दै घाइते अपाङ्गहरु र बेपत्ता पारिएका योद्धाहरुप्रति अभिवादन प्रकट गरेका छन् ।

उनले सम्पूर्ण जनमुक्ति सेनाका सदस्यहरु र कमान्डरहरुको योगदानको स्मरण पनि गरेका छन् । जनमुक्ति सेनाका सदस्यहरु विभिन्न ठाउँमा जुन अवस्थामा छन् त्यसलाई महसुस गर्दै सपना पूरा गर्न निरन्तर परिवर्तन र क्रान्तिको बाटोबाट अगाडि बढ्नु पर्छ भन्ने मान्यतामा आफू दृढ रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस