जनार्दनले सम्झिए जनमुक्ति सेना स्थापना दिवस

आइतबार, ०८ मंसिर २०७६, १२ : ३३
जनार्दनले सम्झिए जनमुक्ति सेना स्थापना दिवस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले माओवादीले जनमुक्ति सेना स्थापना दिवसलाई सम्झेका छन् ।

उनले जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । जनमुक्ति सेना दिवसको अवसरमा उनले जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । प्रभाकर माओवादी जनयुद्धमा जनमुक्ति सेना नेपालका डेपुटी कमाण्डर हुन् । 

आइतबार विहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै प्रभाकरले जनयुद्धको क्रममा आफ्नो युवा जोश जागरलाई पूर्ण रुपमा समर्पण गरी बलिदान गर्ने सहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

जनयुद्धको क्रममा घाइते भएका, अपांग भएका र बेपत्ता पारिएकाहरुलाई समेत नेता शर्माले सम्झिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पुराना तस्विरसहित नेता शर्माले एक स्टाटस लेखेका छन् ।

जनमुक्ति सेनाको त्याग र बलिदानबिना संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव नभएको भन्दै नेता शर्माले कार्यान्वयनको चरणमा फेरि एउटा अभियान जरुरी रहेको समेत उल्लेख गरेका छन् ।

विस २०५८ साल मंसिर ८ गते तत्कालिन नेकपा मोओवादीले दाङको घोराहीस्थित नेपाली सेनाको ब्यारेमा हमला गरेको दिनलाई जनमुक्ति सेना स्थापना दिवस रुपमा मनाउँदै आएको थियो । 

प्रतिक्रिया दिनुहोस