बालुवाटारमा नयाँ तथा पुराना मन्त्रीलाई रात्रीभोज

सफल खबर संवाददाता

आइतबार, ०८ मंसिर २०७६, ११ : ०७
बालुवाटारमा नयाँ तथा पुराना मन्त्रीलाई रात्रीभोज

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा नयाँ तथा पुराना मन्त्री र उनका परिवारलाई रात्रीभोज दिएका छन् । शनिबार राति उनले बालुवाटार निम्ताएर रात्रीभोज दिएका हुन् ।
 
भोजमा निवर्तमान मन्त्री र अहिलेका क्याबिनेटका मन्त्रीहरु सपरिवार पुगेका थिए । बालुवाटार स्रोतका अनुसार रात्रीभोज झण्डै तीन घण्टा चलेको थियो । तर रात्रीभोजमा अहिले क्याबिनेटमै रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र मोहम्मद इस्तियाक राई बाहेक प्रायः सबै मन्त्री गएका थिए । रात्रीभोजपछि उनीहरुले सामुहिक तस्विर पनि खिचाएका थिए ।
 
निवर्तमान मन्त्रीहरुलाई पनि परिवारसहित रात्रीभोजमा आउन निम्ताइए पनि केही मन्त्रीमात्र देखिएको र अरु नगएको स्रोत बताउँछ । ओलीले बुधबार राति आफ्नो क्याबिनेटका ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जनालाई पदमुक्त गरेर तिनका ठाउँमा नयाँ मन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस