महानगरका सबै वडा समान बनाउँछौं : विद्या

राप्रपा जिल्ला सदस्य नेकपा प्रवेश

सफल खबर संवाददाता

आइतबार, ०८ मंसिर २०७६, ०९ : ४०
महानगरका सबै वडा समान बनाउँछौं : विद्या

पोखरा । नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले पोखराको समग्र विकासको सारथि बन्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । पोखरा २० भलाममा शनिबार घरदैलो र कोणसभामा उनले गत चुनावबाट नेकपा नेतृत्वका ३ तहकै सरकारले थालेका काम चाडै सक्न र नयाँ योजना ल्याएर पोखरालाई अत्याधुनिक र स्मार्ट सहर बनाउने प्रतिवद्धता गरिन् । 

महिला हकअधिकार संरक्षण सँगसँगै युवाको सीप र ऊर्जा देशमै लगाएर समृद्ध नेपाल बनाउन अगुवाइ गर्ने उनले जनाइन् ।  घरदैलोअघि विद्याले स्थानीय थानापती मन्दिरमा पूजा अर्चनासमेत गरिन् । उनले भनिन्, ‘हामी सबै धर्म र संस्कृतिलाई सँधै सम्मान गर्छाैं । सँगसँगै सांस्कृतिक रुपान्तरण र सभ्य समाज निर्माणको नेतृत्व पनि गर्छाैं ।’

पोखरा महानगरमा पछि थपिएको साबिक भलामका मतदातासँग उनले महानगरका पूर्वाधार र सेवा चाडै उपलब्ध गराउने आश्वासन दिइन् । भलाममा सडक, खानेपानी लगायतका धेरै योजना विभिन्न तहका सरकारको बजेटमा बनिरहेका छन् । पोखरा २० का चुनावी कामन्डर विश्वप्रकाश लामिछानेले केन्द्रको बजेटबाट भलाम चण्डी पुल बनेको र मणिपाल भलाम बाटुलेचौर सडकको बोलपत्र निस्कने क्रममा रहेको जनाए ।

उनले गण्डकी प्रदेशले थानापति शिवालय दूधपोखरी मौजा सडक निर्माण र एग्रेघारी, विचारपानी, कुनाखेत, आँटीघर खानेपानी आयोजनाका लागि बजेट विनियोजन गरेको जनाउँदै चाडै यहाँ बासिन्दा खानेपानी सहज रुपमा पाउने बताए ।  उनले पोखरा महानगरले यहाँ बनाउन लागेको हाइ अल्टिच्युड खेल मैदानको डिपिआर बनिसकेको जानकारी दिँदै एक्ले खेत र आगेटारीमा बस्ती संरक्षण मौजा, आँटीघर र डाँडागाउँमा गाउँघर क्लिनिक सञ्चालनमा आएको जनाए ।

नेकपा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले भलाम क्षेत्रलाई मध्य पहाडी लोकमार्गले जोडेसँगै विकास निर्माणले काँचुली फेर्ने जनाए । नेकपा केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज राजकाजी गुरुङले संस्कृतिमन्त्री हुँदा रवीन्द्रले नै राजनीतिसँगै संस्कृति पनि रुपान्तरण थालेको जनाए । नेता रवीन्द्रको इच्छा अनुसार नै सांस्कृतिक रुपान्तरणका लागि विद्याले काजकिरिया फरक तरिकाले गरेको उल्लेख गर्दै नेता करणले रुपान्तरणलाई स्वीकार गर्न नसकी राजनीतिकरण गर्नेहरु सभ्य नागरिक हुनै नसक्ने तर्क गरे ।

नेता गुरुङले भने, ‘संस्कृति सहज, सरल र वैज्ञानिक बनाउनु हाम्रो कर्तव्य हो । यसलाई जनताले बुझेका छन् ।’ संस्कृति जटिल हुँदा संस्कृतिप्रति वितृष्ण जाग्ने भएकाले युगानुकूल संस्कृति बनाउनु पनि नेतृत्वकर्ताकै दायित्व भएको उनले बताए । भलाममा भएको कार्यक्रममा राप्रपा जिल्ला सदस्यद्वय कृष्णबहादुर कार्की र रमणबहादुर कार्की लगायत नेकपा प्रवेश गरेका छन् ।

युवाको भावना बुझेका छौं : पन्त 

नेकपा केन्द्रीय सदस्य दिलुकुमारी पन्तले कम्युनिस्ट पार्टीले मात्र युवाको भावना बुझेर उनीहरुका चाहना पूरा गर्न सक्ने बताएकी छन् । नेकपा निर्वाचन परिचालन कमिटीले पोखरा ११ मा गरेको युवा मार्चपासपछिको सभामा पन्तले सरकार युवालाई रोजगारी प्रदान गर्न तथा उद्यमशीलता बनाउन लागेको जनाइन् । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य पूर्ण लामा, विद्यार्थी नेता नरेश रोका, नेकपा वडा कमिटी अध्यक्ष हर्कमान विश्वकर्मा, सुनिल लामिछाने लगायतले बोलेका थिए ।

नेकपालाई जिताउन युवाको ¥याली

मंसिर १४ गते उपचुनाव हुने पोखराका ११ वटै वडाका निर्वाचन परिचालन कमिटीले शनिबार युवाको ¥याली निकालेका छन् । ¥यालीका सहभागीले युगको आकांक्षा सम्बोधन, युवाको भविष्य निर्माण र देशको समृद्धि नेकपा नेतृत्वबाट मात्र सम्भव हुने बताए । 

पोखरा ८ मा निकालिएको ¥यालीपछि आयोजित कोणसभामा पोखरा ८ का चुनावी कमान्डर शारदाप्रसाद सुवेदीले कांग्रेसले बेथितिमा पु¥याएको देशलाई नेकपा नेतृत्वको सरकारले ट्रयाकमा ल्याएको बताए । पोखरा ३३ को भरतपोखरीमा पनि युवाले मार्चपास गरेका छन् सभामा नेकपा पोखरा ३३ का चुनावी कमान्डर भीम कार्कीले दशकौं सत्तामा रहेर देश बिगार्ने कांग्रेसबाट केही आशा गर्न नसकिने जिकिर गरे ।

पोखरा ७ युवा परिचालन कमिटीको कार्यक्रममा युवा संघका पूर्व अध्यक्ष राजीव पहारीले नेकपालाई नजिस्क्याउन चेतावनी दिए । नेकपा गण्डकी प्रदेशसभा सदस्य पहारीले चुनावको मुखम कार्यकर्तालाई प्रलोभनमा पार्ने अनेक कुरा सुनिएको दाबी गर्दै सचेत जनता र कार्यकर्ताले त्यसलाई चिर्ने उल्लेख गरे । उनले भने, ‘विद्या कमरेडले ७ दिनसम्म काजकिरिया गर्नुभएको हो । कांग्रेसका बिपी कोइरालाले बाबुको किरिया गरेका होइनन् ।’

तर्कविहीन आरोपबाट माथि उठेर लोकतान्त्रिक र स्वच्छ प्रतिश्पर्धा गर्न उनले विपक्षीलाई आग्रह गरे । युवा संघका पूर्व केन्द्रीय उपाध्यक्ष माधव बास्तोलाले उपचुनावमा नेकपाको जितपछि युुवालाई स्वरोजगार बनाउने कार्यक्रम ल्याइने जनाए । कार्यक्रममा युवा परिचालन कमिटी संयोजक किशोर बराल, युवा संघका केन्द्रीय सदस्य राजकुमार दुलाल र विष्णुमणि बरालले पनि बोलेका थिए ।

पोखरा १६ का युवाले पनि शनिबार ¥याली निकालेका छन् । ¥यालीपछि भएको कोणसभामा नेकपा युवा नेताहरु दिलीप न्यौपाने, विपीन आचार्य र भोजराज पौडेल, कपिल थापा, निर्मला आचार्य लगायतले देश नेकपाको एजेन्डामा अघि बढेकाले जनताले उपचुनावमा नेकपालाई अनुमोदन गर्ने जनाए । नेकपाले आइतबार पोखरा १६ मा अर्मलाकोटाट घरदैलो सुरु गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस