निवर्तमान सभामुख महराको मुद्दा उच्च अदालतमा

सफल खबर संवाददाता

शुक्रबार, ०६ मंसिर २०७६, ०९ : ४५
निवर्तमान सभामुख महराको मुद्दा उच्च अदालतमा

काठमाडौँ । यौन दुब्र्यवहारको आरोपमा पूर्पक्षका लागि थुनामा रहेका निर्वतमान सभामुख कृष्णवहादुर महराले जिल्ला अदालतको आदेशका विरुद्धमा उच्च अदालतमा दर्ता गराएको निवेदन आज इजालसमा पेश हुँदैछ । काठमाडौं जिल्ला अदालतले महरालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । त्यसपछि महरा डिल्लीवजार कारागारको थुनामा छन् । उनले आफना् कानुन ब्यवसायीमार्फत बिहिबार जिल्ला अदालतको आदेश विरुद्द उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।
जिल्ला अदालतको आदेशविरुद्ध थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले ‘साधारण तारेखमा रही पुर्पक्ष गरिपाऊँ’ भन्ने आग्रहसहितको निवेदन महराको तर्फवाट उच्च अदालतमा दर्ता भएको थियो । अनुसन्धान हुने गरी थुना बाहिरै रहन पाउने माग महराले गरेका छन् । गत कात्तिक १८ मा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई जबर्जस्ती करणी उद्योगको अभियोगमा थुनामा राखी अनुसन्धान अघि वढाउन आदेश जारी गरेको थियो । 
महरालाई संसदकी एक महिला कर्मचारी माथी बलात्कार प्रयास गरेको अभियोग लागेको छ । अभियोग लागेसंगै महराले संसदको सभामुख पदवाट राजीनामा दिनु परेको थियो भने फुलपातीको दिनबाट उनी प्रहरी नियन्त्रणमा छन् । 

प्रतिक्रिया दिनुहोस