भारत पठाइए आत्महत्या गर्ने मोदीको चेतावनी

एजेन्सी

विहीबार, २१ कार्तिक २०७६, १४ : ४१
भारत पठाइए आत्महत्या गर्ने मोदीको चेतावनी

एजेन्सी । बेलायतमा हिरासतमा रहेका भारतीय हिरा व्यापारी निरव मोदीले आफूलाई जेलमा ‘तीन पटक’ पिटिएको बताएका छन् । त्यस्तै उनले आफूलाई भारत सुपुरदर्गी गरिएमा आत्महत्या गर्ने धम्की दिएका छन् । 

यस्तो विलाप गर्दा पनि उनको सुनुवाई हेरेकी न्यायाधिशले उनलाई जमानत दिन अवीकार गरिन् । 
बुधबार ४९ वर्षिया मोदी वेस्ट मिनिस्टर म्याजिस्टेट कोर्ट सामु प्रस्तुत गरिएका थिए । मोदीसँग उनको पक्षमा वकालत गर्ने ब्यारिस्टर ह्युगो किथ क्युसी पनि सँगै थिए । 
निरवमाथि पञ्जाव नेसनल बैंकलाई ९१ अर्ब भारु ठगेको आरोप छ । अर्को वर्ष मे ११–१५ मा मोदीलाई भारत सुपुरदर्गी गर्ने नगर्नेबारेमा वहस सुरु हुदैंछ । त्यस अघि उनलाई हिरासतमा राखिनेछ । 

किथले ब्याण्ड्स्वर्थ जेलमा अप्रिलमा निरवमाथि दुई पटक साँघातिक आक्रमण भएको बताएका छन् । पछिल्लो पटक मंगलबारसमेत पनि उनीमाथि कारबाही भएको किथले बताए । 
‘हिजो विहान नौ बजेपछि दुई कैदी उनको कक्षमा प्रवेस गरे । त्यसपछि तिनले ढोका ढप्काएर उनीमाथि मुक्का हाने र भूईमा लडाएर लात्ती पनि हाने । उनीबारे मिडियामा विभिन्न खबर आएपछि उनीमाथि ध्यान बढेको छ, त्यसले उनीमाथि आक्रमणको योजना बनाइएको हुन सक्छ,’ किथले निरवको डिप्रेससम्बन्धी व्यक्तिगत डक्टरी रिपोर्ट मिडियामा लिक भएको तर्फ संकेत गरेका थिए । 

उनले कारागार प्रशासनले आक्रमण रोक्न असफल भएका भएको बताए । त्यस्तै निरवले काउन्सलरको माग पनि अस्वीकार गरिएको आरोप लगाए ।  
‘मिडियाले गल्तीपूर्ण रुपमा निरवलाई ‘अर्बपति हिरा कारोबारी बताइरहेका छन् । त्यसले पनि उनीमाथि आक्रमण भावि दिनमा पनि आक्रमण हुन सक्छ ,’ किथले भने । 
अदालतलाई प्रस्तुत गरेको प्रमाणमा निरवले भारत सुपुरदगी गरिएमा आत्महत्या गर्ने धम्की दिएका छन् । उनले भारतमा आफूमाथि निष्पक्ष सुनुवाई नहुने दावी गर्दै आएका छन् । 
प्रमुख मेजिस्ट्रेट एम्मा एयरबुथनोटले निरवको जमानत अस्वीकार गर्दै जेलबाहिर भएमा निरव फरार हुने वा प्रमाण तथा प्रत्यक्षदसीहरुलाई प्रभावित बनाउने सक्ने डर भएको बताइन् । निरवलाई अब डिसेम्बर ४ मा अदालतमा प्रस्तुत गरिनेछ । 
 

प्रतिक्रिया दिनुहोस