रोकियो अदालतमा आलमको बयान

सफल खबर संवाददाता

मंगलबार, १९ कार्तिक २०७६, १६ : २०
रोकियो अदालतमा आलमको बयान

काठमाडौं । सांसद मोहम्मद अफताब आलमका कानुन व्यवसायीहरुले मिसिलको नक्कल उपलब्ध नगराएको भन्दै विरोध गरेपछि रौतहट जिल्ला अदालतमा भइरहेको आलमको बयान रोकिएको छ ।
आलमविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विस्फोटक पदार्थ राखेको अभियोगमा मंगलबारदेखि अदालतमा आलमको बयान लिइएको थियो ।
२३ दिनदेखि प्रहरी हिरासतमा रहेका सांसद मोहमद आफताब आलमले अभियोग त धेरै टाढाको कुरा, २७ चैत ०६४ मा राजपुरमा बम विस्फोट भएको पनि स्वीकार गरेका छैनन् । ०३६ सालदेखि राजनीतिमा लागेको आफू चारपटक सांसद र ६/७ पटक मन्त्री भएको भन्दै उनले प्रहरीलाई दिएको वयानमा भनेका छन्, ‘घटना नै नघटेको हुँदा कसैले देख्ने, घाइते हुने प्रश्नै आउँदैन ।’

प्रतिक्रिया दिनुहोस