काठमाडौं । काँग्रेस केन्द्रीय कार्य समिति बैठकले उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उमेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको छ ।
उमेदवार चयनको विधि तय गर्न शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उमेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको हो । महामन्त्री डाशशांक कोइरालाले पार्टी विधानको धारा ३२ को ८ को ‘घ’ र ‘ङ’ बमोजिम संसदीय समितिले गर्न कार्य पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्न प्रस्ताव गरेका थिए ।
उक्त प्रस्ताव सर्वसम्मत पारित भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । योसँगे अब काँग्रेस संसदीय समितिले गर्ने सबै काम पदाधिकारी बैठक बाट हुने छन् । पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सामेल हुने छन् । गत निर्वाचनपछि विघटन भएको संसदीय समिति पुनः गठन नहुँदा उम्मेदवार छनोटको जिम्मा पार्टी पदाधिकारीलाई लगाइएको छ ।
प्रवक्ता शर्माकाअनुसार बैठकमा उक्त प्रस्तावमाथि केन्द्रीय सदस्य प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, गोपालमान श्रेष्ठ, एनपी साउद र महेन्द्र यादवले आ–आप्mनो धारणा राखेका थिए ।
उनका अनुसार बैठकले धरान उपमहानगरपालिकामा हुने नगर प्रमुखको उपनिर्वाचनका लागि जिल्लाबाट सिफारिस गरिएका तिलक राईलाई उम्मेदवार अनुमोदित गरेको छ । उम्मेदवारको अन्तिम टुंगो लगाउन काँग्रेस पदाधिकारी बैठक आइतबार दिउसो ३ बजे बस्ने शर्माले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ कार्तिक २०७६, १७ : ३०
लेखकबाट थप