एजेन्सी । रियल भालाडोलिडबिरुद्ध उत्कृष्ट प्रदर्शन गरेका कप्तान लियोनेल मेस्सी ‘अर्कै ग्रहबाट आएको’ उनका समकक्षी अर्टुरो भिडालले टिप्पणी गरेका छन् ।
मेस्सीले दुई गोल गर्नुका साथै दुईवटा गोलको अवसर सृजना गर्दा बार्साले भालाडोलिडमाथि क्याम्प नाउमा ५–१ को फराकिलो जीत हासिल गर्यो ।
मेस्सीले भिडालका लागि गोलको अवसर सृजना गरेपछि हाफ टाइम अघि फ्रिकिकबाट उत्कृष्ट गोल गरे । उनको क्लब र देशका लागि फ्रिकिकबाट ५० औँ गोल थियो ।
मेस्सीले दोस्रो हाफमा अर्को गोल थपे भने त्यसपछि लुइस सुवारेजका लागि गोलको अवसर सृजना गरे ।
‘मेस्सीले जहिले पनि आफ्नो उत्कृष्ट प्रदर्शनले खेलमा फरक पार्छन्,’ भिडालले खेलपछि भने, ‘हामी उनलाई हरेक दिन हेर्छौं तर हरेक दिन हामीलाई आश्चर्यचकित बनाइरहेका हुन्छन् । उनी अर्कै ग्रहबाट आएका हुन् ।’
खेलमा बार्सिलोनाले क्लेमेन्ट लेनग्लेटको गोलको मद्दतले दोस्रो मिनेटमा नै अग्रता लिएको थियो । तर, लगत्तै किकाले भालाडोलिडलाई खेलमा फर्काएका थिए ।
त्यसपछि भने मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दा बार्सिलोनाले गोलको वर्षा गर्यो ।
जीतसँगै बार्सिलोना १० खेलबाट २२ अंकसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
अर्को खेलमा एथ्लेटिको म्याड्रिड भने आलाभेससँग १–१ को बराबरीमा रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १३ कार्तिक २०७६, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र अफगानिस्तान भिड्दै
उरुग्वेका फुटबलर स्वरेजको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
वाफ उपविजेता महिला फुटबल टोली स्वदेश फिर्ता
आर्थिक चुनौतीका बीच मोफसलमा फुटबल एकेडेमी सञ्चालन