सिन्धुपाल्चोकको विद्युत सबस्टेशनमा आगलागी

सफल खबर संवाददाता

आइतबार, १० कार्तिक २०७६, १४ : ३५
सिन्धुपाल्चोकको विद्युत सबस्टेशनमा आगलागी

काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको विद्युत सबस्टेशनमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, एसपी प्रज्वल महर्जनका अनुसार सबस्टेशनमा रहेको तेलमा समेत आगलागी भएकोले नियन्त्रणमा कठिनाइ भएको छ ।

नेपाल आर्मी, सशस्त्र प्रहरी नेपाल प्रहरी स्थानीय र चौतारा नगरपालिकाको दमकलको सहायताले आगलागी नियन्त्रण प्रयास भइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस