‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा कार्यक्रम सुरु (भिडियोसहित)

सफल खबर संवाददाता

शनिबार, ०९ कार्तिक २०७६, ११ : ५१
‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा कार्यक्रम सुरु (भिडियोसहित)

चितवन । चितवनको भरतपुर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा कार्यक्रम सुरु भएको छ । मानव सेवा आश्रमको सहयोगमा महानगर, स्थानीय प्रशासनलगायत विभिन्न सङ्घ संस्थाले संयुक्त रुपमा शनिवार भरतपुरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा गर्दै छन् ।

यो घोषणासँगै भरतपुर नेपालकै पहिलो सहयोगापेक्षी सडकमानवमुक्त महानगर बन्ने छ । अहिले शोभा यात्रा बजार परिक्रमा गरेको छ । सोभा यात्रामा सयौको संस्थामा सहभागिहरु रहेका छन् । सरकारी कार्यालय संघ संस्था अस्पताल सबैले आ आफनो ब्यानरमा सहभागिता जनाएका छन् । 


सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउनका लागि असोज २७ गतेदेखि बेलुका ८ देखि ११ बजेसम्म महानगरका विभिन्न क्षेत्रका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा उद्धार एवं परामर्श सेवा शुरू गरिएको थियो ।  सो क्रममा अहिलेसम्म ३०० जनालाई उद्धार गरिएको महानगरले जनाएको छ । उद्धार गरिएकामध्ये वास्तविक संरक्षण दिने खालका जम्मा १० जना भेटिएको र अन्य घर ठेगाना नखुलेका काम गर्न सक्ने रहेको अभियान सञ्चालन गर्दै आएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । महानगरकी प्रमुख रेनु दाहालले मानवताका हिसाबले कुनै पनि नागरिक भिख मागेर बस्नु कलङ्कको विषय भएको भन्दै भरतपुरमा कोही पनि नागरिक गाँस, बाँस र कपासका लागि भौतारिने अवस्थाको सदाका लागि अन्त्य गर्ने अभियान अन्त्रगत यस्तो कार्यक्रम गरिएको बताउनु भयो । कार्यक्रम प्रदेशका मुख्य मन्त्रि डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा चलिरहेको छ । 


 

प्रतिक्रिया दिनुहोस