शनी बने 'नेपाल लोक स्टार'

सफल खबर संवाददाता

शुक्रबार, ०८ कार्तिक २०७६, २० : ३८
शनी बने 'नेपाल लोक स्टार'

काठमाडौं । शनी विश्वकर्मा ‘नेपाल लोक स्टार’को विजेता भएका छन् ।

फाइनलमा पुगेका रामकुमार नेपाली, विनोद दनुवार र चेतन गोतामेलाई पछि पार्दै शनी मौलिक रियालिटी शो (सांगीतिक प्रतियोगिता) ‘नेपाल लोक स्टार’को विजेता बनेका हुन् । उनले नगद ५० लाख रुपैयाँ पाएका छन् । 

त्यस्तै चेतन गोतामे रनर अप बनेका छन् । उनले २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा पुरस्कार पाएका छन् ।

सेकेण्ड रनर अपको पुरस्कार विनोद दनुवारले जितेका छन् । उनले १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन विमा पुरस्कार पाएका छन् ।

प्रतिक्रिया दिनुहोस