पूर्वमन्त्री आलमलाई थप ८ दिन थुनामा राख्न अदालतको अनुमति

सफल खबर संवाददाता

शुक्रबार, ०८ कार्तिक २०७६, १२ : ३१
पूर्वमन्त्री आलमलाई थप ८ दिन थुनामा राख्न अदालतको अनुमति

रौतहट । पूर्वमन्त्री मोहमद् आफ्ताव आलमलाई अनुसन्धानका लागि थप ८ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । 

राजपुर वमकाण्डका आरोपी रौतहट क्षेत्र नं. २ बाट निर्वाचित कांग्रेस सांसद् आलमलाई जिल्ला अदालत, रौतहटका न्यायाधीश उमानाथ गौतमको इजलासले थप ८ दिन थुनामा राख्न अनुमति दिएको हो ।

१२ वर्षअघि ०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा आलमलाई गत २६ असोजमा प्रहरीले पक्राउ गरिएको थियो ।

यस अघि थपिएको म्यादमा पनि अनुसन्धान नसकिएको भन्दै प्रहरीले समय मागेपछि फेरि आठ दिनको म्याद थप भएको हो । 

प्रतिक्रिया दिनुहोस