काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । प्रहरीले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थपको माग गरेको थियो ।
सुदर्शन राज पाण्डेको एकल इजलासले अनुसन्धानका लागि ७ दिनको म्याद थप गर्न आदेश दिएको हो ।
महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् । महरा असोज १९ गते साँझ पक्राउ परेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ कार्तिक २०७६, १७ : ५४
लेखकबाट थप