यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय

सफल खबर संवाददाता

विहीबार, ०७ कार्तिक २०७६, १७ : ११
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय

काठमाडौं । सरकारले सहसचिव रामकृष्ण सुवेदीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ । गत कात्तिक ५ गते बसेको बैठकले सुवेदीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले बिहीबार जानकारी दिए । सुवेदी हाल गृहमन्त्रालयको प्रवक्ताका रुपमा कार्यरत छन् । 

बैठकले करका दरहरु पुनरावलोकन गर्न स्वीकृति दिने निर्णय गर्नुका साथै काठमाडौं उपत्यकाभित्रको तारहरु व्यवस्थित गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । 

यसैगरी कात्तिक १३ गते किजा पूजाको दिन सार्वजनिक बिदा दिने, नेपाली सेनाका लेखा उपरथी भुवन बहादुर अधिकारी क्षेत्री र महासेनानी आशिष प्रसाद उपाध्यायको राजीनामा स्वीकृतलगायतका १७ वटा निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस