१२ वर्ष अगाडि नै इन्सेकले आलम प्रकरणमा यस्तो भनेको थियो

घटना अवलोकन गर्न घटनास्थल पुगेका अभिवक्ता दिपेन्द्र झा त्यसबेलै झण्डै पिटिएका थिए

सफल खबर संवाददाता

विहीबार, ०७ कार्तिक २०७६, १२ : ०२
१२ वर्ष अगाडि नै इन्सेकले आलम प्रकरणमा यस्तो भनेको थियो

काठमाडौं । इट्टाभटामा जिउँदै मान्छे जलाएको अभियोगमा प्रक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहम्मद आफताव आलाम प्रकरणका नयाँ नयाँ तथयहरु बाहिरिरहेका छन् ।

२०६४ चैत २७ गते आफैले वम विस्फोट गराई चुनावमा बुथ कब्जा गर्न बनाएको योजना विफल भएपछि आलामले घटना सार्वजनिक हुने डरले इटाभटामा जिउँदै मान्छे जलाएर मारेका थिए ।

घटनाको २० दिनपछि अनौपचारिक क्षेत्र सेवा केन्द्रले ५ जनालाई स्थलगत अध्ययनका लागि पठाएको थियो । अध्ययनटोलीले घटनाको स्थलगत अवलोकन, घटनाबाट प्रत्यक्ष रुपमा पीडितभएका व्यक्तिहरुसँगको भेटघाट र कुराकानी, प्रत्यक्ष दर्शीसँगको भेटघाट गरी घटनाको विवरण संकलन, स्थानीय प्रहरी प्रशासन तथा सम्बन्धित निकाय एवं व्यक्तिसँग घटनाका सम्बन्धमा जानकारी संकलन र घटनाका सन्र्दभमा पूर्वप्रकाशित सामाग्रीहरुको अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो ।

प्रतिवेदन तयारका लागि इन्सेकले कृष्ण गौतम, विलमचन्द्र शर्मा, दिपेन्द्र झा, यज्ञराज थापा र वालकृष्ण वस्नेतलाई पठाएको थियो । उनीहरुले घटनास्थलमा अध्ययनका लागि पूग्दा आलामको मान्छेहरुले अधिवक्ता दिपेन्द्र झालाई झण्डै कुटपिट गरेको विवरण पनि प्रतिवेदनमा समाविष्ट छ ।

त्यसबेला नै यो घटनामा आलम दोसी रहेको भन्दै घटनासँग सम्बन्धित त्यसबेलाका तथ्यहरुको प्रमाणहरु समेत समावेश गरेको प्रतिवेदनमा समावेश गरिएको थियो । 

हेर्नुहोस १२ वर्ष अगाडि नै स्थलगत अध्ययन गरी तयार पारिएको प्रतिवेदन :

प्रतिक्रिया दिनुहोस