कास्की–२ मा साझा पार्टीको तर्फबाट रजनी केसी उमेद्वार

सफल खबर संवाददाता

बुधबार, ०६ कार्तिक २०७६, १५ : ०६
कास्की–२ मा साझा पार्टीको तर्फबाट रजनी केसी उमेद्वार

काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि पोखरा निर्वाचन क्षेत्र नम्बर २ का लागि पार्टीको तर्फबाट केन्द्रीय सदस्य रजनी केसीलाई उमेद्वार बनाउने निर्णय गरेको छ । 

यही कार्तिक ५ र ६ गते पोखरामा सम्पन्न साझा पार्टीको केन्द्रीय समितिको बैठकले पोखरा महानगरपालिका निवासी केसीलाई उमेद्वार बनाउने निर्णय गरेको हो । सांसद रवीन्द्र अधिकारीको निधन भएपछि कास्की–२ मा उपनिर्वाचन हुन लागेको हो । 

साझा पार्टीले उपनिर्वाचन हुन गइरहेका अन्य रिक्त पदका लागि पनि विधिविधान अनुसार क्रमिक रूपमा उमेद्वार चयन गर्ने जनाएको छ । 

कास्की क्षेत्र नं २ मा साझा पार्टीको उमेद्वार रजनी केसी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागि परेकी अभियानकर्ता भएको साझा पार्टीले जनाएको छ । 

उनले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घ, संस्थाहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुलेकी छन् ।

प्रतिक्रिया दिनुहोस