उपनिर्वाचन बहिस्कार गर्ने क्रान्तिकारी माओवादीको घोषणा

सफल खबर संवाददाता

बुधबार, ०६ कार्तिक २०७६, १२ : ४९
उपनिर्वाचन बहिस्कार गर्ने क्रान्तिकारी माओवादीको घोषणा

काठमाडौं । यसअघिको स्थानिय प्रदेश र प्रतिनिधी सभाको निर्वाचनमा भाग लिएको पार्टी नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले अब हुने उपनिर्वाचन भने बहिस्कार गर्ने भएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव मोहन बैद्य किरणले अब हुने कुनै पनि तहको उपनिर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् । ‘अहिलेको सरकार बन्दाम अवस्थामा छ’–उनले भने–‘गतल क्रियाकलापको विरोध गर्दै हामीले उपनिर्वाचनलाई बहिस्कार गरेका हौं ।’ जनताको समस्या समाधान गर्नेतर्फ सरकारले कुनै ध्यान नदिएको उनले बताए ।  आफ्नो पार्टीले उपनिर्वाचको समयमा विरोधका कार्यक्रम गर्ने उनको भनाइ छ ।
त्यस्तै उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईका चर्को आलोचना गरेका छन् । 
तत्कालीन १० वर्षे जनयुद्धको समयमा भएको सहकार्यलाई स्मरण गर्दै उनले प्रचण्ड र बाबुरामले पुराना सबै कुरा बिर्सिसकेको आरोप लगाए । प्रचण्ड र बाबुरामले कम्युनिस्ट सिद्धान्त भुलेको पनि उनको आरोप छ । 

प्रतिक्रिया दिनुहोस