प्रचण्ड निवास किन पुगे माधव नेपाल ?

सफल खबर संवाददाता

बुधबार, ०६ कार्तिक २०७६, ०८ : ५०
प्रचण्ड निवास किन पुगे माधव नेपाल ?

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधव नेपाल मंगलवार बेलुकी अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेका थिए । दिनभरको व्यस्त दैनिकीका बीच पाँचथर पुगेर फर्केका अध्यक्ष प्रचण्डलाई नेपालले आफुले भेटन चाहेको र खुमलटार आईरहेको बताएपछि दाहालले नेपालसँग खुमलटारमा भेट गरेका थिए । 

भेटमा दुई नेताले झण्डै तीन घण्टा छलफल गरे । त्यही बीच प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि खुमलटार पुगेपछि तीन नेताका बीचमा छलफल भएको हो । पार्टीभित्र ओली र प्रचण्डबीच खटपट भएको चर्चा सञ्चारमाध्यममा आईरहेका बेला नेपालले प्रचण्डसँगै यस विषयमा बुझ्न खुमलटार पुगेका थिए ।

नेपाल निकट एक नेताका अनुसार, प्रचण्डसँग ओलीसँगको सम्वन्धका बारेमा देखिएको भनिएको खटपटको वास्तविकता वुझने योजनाका साथ नेपाल खुमलटार पुगेका हुन् ।

गत भदौं ५ मा बालुवाटारमा ओली र नेपालका बीचमा मुखामुख नै भएपछि यी दुईका बीचको सम्वन्धमा न्यायोपना आउन सकेको छैन् ।

पार्टीको वरियता आफ्नो खोस्ने सचिवालयको निर्णयका वेला नेपाल पार्टीमा एक्लो देखिएका थिए ।

तर नेपालले त्यसबेला चलाखीपूर्वक आगामी दिनको समिकरणलाई ख्याल गरेर आलोचना ओलीमाथि केन्द्रीत गरेपनि प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाललाई नचिढाउने नीति लिएका थिए ।

त्यही क्रममा उनले प्रचण्डलाई उनले पार्टीको कार्यकारी जिम्मा दिन माग गर्दै पार्टीमा अध्यक्षहरुकै कार्यविभाजन हुनुपर्ने भनेर नोट अफ डिसेन्ट राखेका थिए ।

त्यस्तै वरियता एकताकै क्रममा विगारिएको र त्यो आफ्नो चाहनामा भन्दा पनि ओलीकै कारण बिगारिएकोमा अहिले सच्चिदा आफूलाई फरक नपर्ने भन्दै खनालको वरियतामा पनि नेपालले सहज बनाउने प्रयास गरेका थिए ।

९ सदस्यीय पार्टी सचिवालयमा भदौं ताका करिव एक्लो अवस्थामा देखिएका नेता नेपालले सचिवालयमा अब फेरि नयाँ समिकरण बन्न सक्ने ठानी मंगलबार प्रचण्डसँग छलफलका लागि पुगेका थिए ।

पार्टीमा कार्यविभाजनमा सरकार र पार्टी सञ्चालन, पार्टी बैठक लगायत विषयमा नेपालले प्रचण्डसँग जिज्ञासा राखेको स्रोतको भनाई छ । 

प्रतिक्रिया दिनुहोस