संकटा जेसिज विकास रनिङ शिल्डको सेमिफाईनलमा प्रवेश, जावलाखेल टाइब्रेकरमा स्तव्ध

सफल खबर संवाददाता

मंगलबार, ०५ कार्तिक २०७६, १९ : ०५
संकटा जेसिज विकास रनिङ शिल्डको सेमिफाईनलमा प्रवेश, जावलाखेल टाइब्रेकरमा स्तव्ध

चितवन । संकटा क्लब नारायणगढको क्याम्पाचौरमा जारी जेसिज विकास रनिङ शिल्ड राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । आज भएको क्वार्टरफाईनलमा जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै संकटा सेमिफाईनलमा प्रवेश गरेको हो । 

निर्धारीत समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइबे्रकरमा धकेलिएको थियो । संकटाका विश्वास श्रेष्ठले खेलको १५औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १ सुन्यमै रोक्न सफल संकटाले खेलको अन्तिम समयमा गोल खायो । निक्कै आक्रमक बनेका जावलाखेलका विमल घिसिङ तामाङले इन्जुरी समयमा १ गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । 

टाइब्रेकरमा जावलाखेलका विमल घिसिङको प्रहारलाई संकटाका किप्पर राज बाबु थापाले रोकेपछि जावलाखेल खेलबाट बाहिरीएको हो । यसअघि संकटाका अमित तामाङले प्रहार गरेको बल पोस माथीबाट उडेको थियो । यस्तै जावलाखेलका विसाल तामाङले प्रहार गरेको बल पनि पोसमा ठोक्कियो । 

म्यान अफ दि म्याच बनेका संकटाका गोल किप्पर राज बाबु थापाले १० हजार पुरस्कार पाएका छन । संकटाले अब सेमिफाईनलमा नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिताका विजेताले नगद ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ । नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सअआयोजक रहेको छ ।

प्रतिक्रिया दिनुहोस