एजेन्सी । सन् २०१९ को बालोन डी’ओर अवार्डको खेलाडी मनोनयन सार्वजनिक गरिएको छ । फ्रेन्च फुटबल एसोसिएसनले सोमबार राति ३० जना खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । ३० सदस्यीय सुचीमा साविक विजेता लुका मोड्रिच अटाएका छैन् ।
क्रोएसिया तथा स्पेनिस क्लब रियाल म्याड्रिडका मिडफल्डर मनोनयनको प्रारम्भिक सुचीमा नअट्नु रहस्यमय बनेको छ । मनोनयनमा इङ्लिस क्लब लिभरपुलका सर्वाधिक सात खेलाडी परेका छन् ।
यसैगरी मनोनयनको सुचीमा पाँच पाँच पटकका विजेता युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनेल मेस्सी पनि समावेश छन् । डच क्लब आयक्सबाट अघिल्लो सिजन खेलेका र यस सिजन छाडेका समेतगरी चार र बार्सिलोनाबाट पनि चार खेलाडी मनोनयनमा छन् । विश्वका एक सय ८० देशका पत्रकारको भोटका आधारमा प्रदान गरिने यस अवार्ड फ्रान्सले सन् १९५६ देखि सञ्चालन गर्दै आएको छ । गतबर्ष मोड्रिचले रोनाल्डोलाई मतका आधारमा पछि पार्दै उक्त अवार्ड पहिलो पटक जितेका थिए । विजेताको घोषणा डिसेम्बर २ तारिख पेरिसमा हुनेछ ।
मनोनयनको प्रारम्भिक सुची
साडियो माने – लिभरपुल
सर्जियो अगुइरो – म्यानचेस्टर सिटी
फ्रान्की डि जोङ – आयाक्स÷बार्सिलोना
ह्युगो लोरिस – टोट्टनहाम
डुसान टाडिक – आयाक्स
केलियन एमबाप्पे – पीएसजी
टे«न्ट एलेक्सान्डर अर्नाेल्ड – लिभरपुल
डोनी भान डि बिक – आयाक्स
पिर्रे हेनरिक ओउवामियाङ – आर्सनल
मार्क आन्द्रे टेर स्टेगन – बार्सिलोना
क्रिस्टियानो रोनाल्डो – युभेन्ट्स
एलिसन बेकर – लिभरपुल
म्याथिज डि लेग्ट – आयाक्स÷युभेन्ट्स
करिम बेन्जेमा – रियाल म्याड्रिड
जर्जिन्हो विज्नाल्डम – लिभरपुल
भर्जिल भान डाइक – लिभरपुल
बर्नाडो सिल्भा – म्यानचेस्टर सिटी
ह्युङ मिन सन – टोट्टहाम
रोवर्ट लेवान्डोस्की – बायर्न म्युनिख
रोवर्टाे फिर्मिनो – लिभरपुल
लियोनल मेस्सी – बार्सिलोना
केभिन डि ब्रुयन – म्यानचेस्टर सिटी
कलिडोउ कोउलीवाली – नापोली
रियाद महारेज – म्यानचेस्टर सिटी
एन्टोइन ग्रीजम्यान – एट्लेटिको म्याड्रिड÷बार्सिलोना
मोहम्मद सलाह – लिभरपुल
जोओ फेलिक्स – बेन्फिका÷एट्लेटिको म्याड्रिड
इडेन हजार्ड – चेल्सी÷रियाल म्याड्रिड
मार्किन्योस – पीएसजी
रहिम स्टर्लिङ – म्यानचेस्टर सिटी
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०५ कार्तिक २०७६, ०९ : ३८
लेखकबाट थप