महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

सफल खबर संवाददाता

आइतबार, ०३ कार्तिक २०७६, १८ : ५२
महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सांसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरामाथि अनुसन्धान भइरहेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको हो । प्रहरीले अनुसन्धानका लागि दोस्रो पटक ७ दिनको म्याद मागे पनि अदालतले ५ दिनमात्र दिएको हो ।
यसअघि प्रहरीले महरामाथि अनुसन्धान गर्न १३ दिन म्याद लिइ सकेको छ । 

प्रतिक्रिया दिनुहोस