सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

सफल खबर संवाददाता

आइतबार, ०३ कार्तिक २०७६, १७ : ५६
सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश पूर्णेश्वर प्रसाद उपाध्यायको इजलाशले उनलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । 

ज्यान मार्ने उद्योगमा वारेन्ट जारी भएपछि उनी आइतबार जिल्ला अदालत, काठमाडौं हाजिर भएका थिए । 

२०७४ वैशाखको स्थानीय चुनावलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो । 

खड्काले सांसद गुरुङसमेतको संलग्नतामा आफूमाथि आक्रमण भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । खड्काले आफ्नो ज्यान मार्ने उद्योग गरेको आरोपमा सांसद गुरुङसहित ७ जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । सोही आधारमा उनीमाथि पक्राउ पूर्जी जारी भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस