सांसद साह साधारण तारेखमा रिहा

सफल खबर संवाददाता

शुक्रबार, ०१ कार्तिक २०७६, १४ : १८
सांसद साह साधारण तारेखमा रिहा

काठमाडौैं । सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत धनुषामा भएको थुनछेक बहसपछि साहलाई साधारण तारेखमा रिहा गरिएको हो ।
जनकपुर नागरिक उड्डयन कार्यालय धनुषाका प्रमुख सन्तोष ढकालले दिएको जाहेरीको वादी नेपाल सरकार र प्रतिवादी सर्लाही निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य प्रमोद साह रहेको मुद्दाको शुक्रबार थुनछेक बहस भएको थियो ।

साहलाई जनकपुर विमानस्थलमा भएको तोडफोड घटनामा प्रहरीले पक्राउ परेका गरेको थियो । जनकपुरबाट काठमाडौँ जाने विमान दुई घण्टा ढिलो भएको विषयमा विवाद हुँदा सांसद साहले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोपमा सैनिक हवाई उडान ऐन २०१५को दफा ९ क को आधारमा अपराध गरेको कारणले उनीमाथि पाँच वर्षदेखि दस वर्षसम्मको कैद सजायको माग दावीसहित अदालतमा सरकारी वकिल कार्यालय मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस