एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी, अधिकांश पदमा पन्त प्यानल

सफल खबर संवाददाता

शुक्रबार, ०१ कार्तिक २०७६, १० : ५८
एनआरएनए अध्यक्षमा कुमार पन्त विजयी, अधिकांश पदमा पन्त प्यानल

काठमाडौं । भर्खरै सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजय हुनुभएको छ । अध्यक्षका अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको अध्यक्षमा विजयी हुनुभएको हो । 
महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी हुनुभएको छ । सचिवमा पनि पन्त समूहकै गौरीराज जोशी निर्वाचित हुनुभएको छ । सहकोषाध्यक्षमा लोक दाहाल विजयी हुनुभएको छ ।
निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए । 
बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो । 
आगामी दुई वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५ सय ७० मतदाता रहेकोमा २ हजार ३ सय ४० मत खसेको थियो । 
 

प्रतिक्रिया दिनुहोस