काङ्ग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण गर्दै

विहीबार, ३० असोज २०७६, १६ : ०९
काङ्ग्रेसले कात्तिक १ र २ गते प्रशिक्षण गर्दै

काठमाडौँ । नेपाली काङ्गे्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दैछ । काङ्ग्रेसले पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका काङ्गे्रसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको पार्टी कार्यालय सचिव मुक्ति आचार्यले जानकारी दिनुभयो ।

प्रशिक्षणमा देशभरबाट ४०० भन्दाबढीको सहभागिता हुनेछ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालीम केन्द्रमा हुने उक्त प्रशिक्षण उद्घाटनका लागि पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई आमन्त्रण गरिएको  पार्टी कार्यालयले जनाएको छ ।  (रासस)
 

प्रतिक्रिया दिनुहोस