फेरि नेकपाका अर्का सांसदलाई पक्राउ पूर्जी जारी

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०७६, १८ : ३२
फेरि नेकपाका अर्का सांसदलाई पक्राउ पूर्जी जारी

काठमाडौं । अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङलाई पक्राउ पूर्जी जारी गरेको छ ।  जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पूर्जी जिल्ला प्रहरी कार्यालय दोलखाले गुरुङसमक्ष तामेल गरेको छ ।

२०७४ बैशाखको स्थानीय चुनावलगत्तै दोलखाका वीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा आक्रमण भएको थियो ।
खड्काले सां‌सद गुरुङसमेतको संलग्नतामा आफूमाथि आक्रमण भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस