काठमाडौँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी दललाई नदिए सदन र सडकमा विरोध गर्ने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दशैँ, तिहारलगायत पर्वका अवसरमा आज भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारसँग कुरा गर्दै नेता पौडेलले संवैधानिक व्यवस्था र संसदीय अभ्यासका आधारमा ती दुवै पद एकै दलले लिन नहुने र प्रतिपक्षीलाई एक पद दिइनुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “यो मान्यताविपरीत निर्णय भएमा हामी मान्दैनौँ, सदन र सडकमा विरोध गर्छाैं, सदनमा रहेका काङ्ग्रेस सांसदहरुले पनि लाछीपन देखाउनु हुँदैन ।” एक महिला कर्मचारीलाई बलात्कार प्रयासको आरोपपछि सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि हाल सो पद रिक्त छ । (रासस)
प्रतिक्रिया दिनुहोस