रोशनी शाहीको कोठामा गएको स्वीकारे महराले

सफल खबर संवाददाता

बुधबार, २९ असोज २०७६, १७ : ०३
रोशनी शाहीको कोठामा गएको स्वीकारे महराले

फाइल फोटो

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू रोशनी शाहीको कोठामा गएको स्वीकारेका छन् ।

सांसद सचिवालयकी कर्मचारी राशनी शाहीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका महराले आफू रोशनी शाहीको कोठामा गएको कुरा स्विकार गरेको एक उच्च प्रहरी अधिकारीले बताए ।

ती प्रहरी अधिकारीका अनुसार आफू रोशनीको कोठामा गएपनि कुनै प्रकारको दुर्व्यवहार नगरेको महराले बताएका छन् । महराले रोशनीको परिवारसँग आफ्नो पारिवारिक सम्बन्ध भएको वयान दिएको स्रोत बताउँछ ।  तर, रोशनीले प्रहरीमा आफूमाथि महराले यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दर्ता गरेकी थिइन् ।

महराले प्रहरीसँगको बयानमा आफूले रक्सीको बोतल नलगेको भनी वयान दिएको स्रोतले बतायो ।
प्रहरीले अदालतबाट म्याद लिएर महरामाथि अनुसन्धान गरिरहेको छ । महरालाई काठमाडौं जिल्ला अदालतले थुनामै राखेर अनुसन्धान गर्न १३ दिनको समय मंगलबार दिएको थियो । यसअघि महराले आफू असोज १२ गते रोशनीको कोठामा नगएको दाबी गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस