तीन सांसद निलम्बित, अर्का पनि छानबिनकाे घेरामा

सफल खबर संवाददाता

सोमबार, २७ असोज २०७६, १५ : २०
तीन सांसद निलम्बित, अर्का पनि छानबिनकाे घेरामा

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको कुल २७५ सांसदमध्ये तीन सांसद अहिले निलम्बनमा परेका छन् । कैलालीकी घटनामा सांसद रेशम चौधरी, वलत्कार अभियोगमा निर्वतमान सभामुख कृष्णवहादुर महरादेखि इटाभटामा जिउँदै मान्छे जलाएको अभियोगमा मोहम्मद आफताव आलामसम्मका सांसदहरु निलम्बनमा परेका छन् ।
संसदमा एक स्थान भने रिक्त छ । जसमा मंसिर १४ मा उपचुनाव हुदैछ । कास्की २ का सांसद रविन्द्र अधिकारीको ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त स्थानमा १४ मंसिरमा उपचुनाव हुदैछ ।

कसलाई के अभियोग ?

१) रेशम चौधरी :

२०७२ भदौं ७ गते कैलालीको टिकापुरमा १८ महिने वालक साउद र प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहितका ८ जनाको हत्या भएको थियो । उक्त घटनामा निलम्वित सांसद रेशम चौधरीमाथी अभियोग लागेको छ । चौधरीसहित ११ जनालाई टिकापुर घटनामा प्रहरीले अभियोग लगाएको छ ।

यो मुद्दा अहिले पनि चलिरहेकै छ । तर अभियोगमा लागेकै वेलामा चौधरी २०७४ को प्रतिनिधीसभामा कैलाली २ वाट राजपाका उम्मेदवार भए । उनी निर्वाचनमा चुनाव जितेर पनि आए । चुनावका वेला एउटै सभामा सहभागी हुन नसकेका चौधरी चुनाव जितेपछि आफै प्रहरीसमक्ष आत्मसर्मपण गर्न गएका थिए ।

प्रहरी हिरासतमै रहेका वेला नै उनले सिंहदरवारमा सभामुख कृष्णवहादुर महराले सांसद पदको सपथ ग्रहण गराएका थिए । उनी अहिले डिल्लीवजार कारागारमा छन् । कैलाली कारागारले उनीमाथी २०७५ सालमै जन्मकैदको फैसल्ला गरिसकेको छ । तर यो मुद्दा अहिले सर्वाेच्चमा छ ।

२) कृष्णवहादुर महरा :

कृष्णवहादुर महरा निर्वतमान सभामुख पनि हुन् । उनी तत्कालिन माओवादी केन्द्रवाट दाङ वाट चुनाव जितेका थिए । उनलाई पार्टीले सभामुख समेत वनाएको थियो । तर उनीमाथी संसद सचिवालयमै कार्यरत एक महिला रोशनी शाही माथी वलत्कार गरेको अभियोग लाग्यो । उनले यही अभियोगमा सभामुख पदवाट राजीनामा समेत दिए ।

पार्टी सचिवालयले सभामुख र सांसद पदवाट समेत राजीनामा दिन उनलाई सुझाएको थियो । तर उनले सभामुखवाट राजीनामा दिएपनि सांसदवाट राजीनामा दिएका छैनन । तर घटनाले दिनहु नयाँ नयाँ मोड लिन थालेपछि महिलाकै उजुरीका आधारमा महरालाई प्रहरीले सभामुख निवासवाटै पक्राउ गरेको थियो ।

उनीमाथीको अनुसन्धान अहिले जारी नै छ । उनी सरकारी वकिल कार्यालयको वयानकै क्रममा विरामी परेपछि नर्भिक अस्पतालमा भर्ना भएका छन । उनी प्रहरीको नियन्त्रणमै छन । सम्भवत उनको अदालतमा पेशी आजका लागि छ । उनलाई प्रहरीले म्याद थपका लागि आज प्रहरीले अदालत लैजानुपर्ने अवस्था छ ।

३) मोहम्मद आफताव आलाम

उनी काग्रेसका सांसद हुन् । उनलाई प्रहरीले हिजो मात्रै पक्राउ गरेको हो । रात्ैहटवाट पक्राउ परेका आलामलाई संसद सचिवालयले आज निलम्वन भएको सूचना जारी गर्ने तयारी छ । १२ वर्ष अगाडी २०६४ चैत २७ गते गाउमा वम वनाउदै गर्दा विस्फोटमा परेर धेरै मानिस हताहत भए । नेपाल प्रहरीको तात्कालिन एसपी लक्ष्मण न्यौपाने, शसस्त्रको एसएसपी रामकृष्ण लामा सहितको सुरक्षाकर्मीको टोली घटनास्थल पुग्यो । तर उनीहरुले त्यहा विस्फोट भएको कुनै प्रमाण फेला पारेन ।

निर्वाचनमा वम विस्फोट गराई विपक्षीलाई आतंकित पार्ने र एकतर्फी रुपमा मत खसाल्ने योजनामा आलाम आफैले विस्फोट भएको हल्ला चलाएका थिए ।

त्यही क्रममा आलामकै मान्छेहरु वम ओसार्ने र वनाउने तयारीमा लागेका थिए । चुनावमा आफनो विपक्षमा मत खसाल्ने कोही नआओस भन्ने ध्येय राखेर आलामले त्यो राणनीति वनाएका थिए ।

आफैले वम वनाईरहदा आन्तरिक दुर्घटना भएर त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँ लगायत घाइते भएका थिए । तर उनीहरुलाई उपचार गराउनुको साटो घटना सार्वजनिक हुने डरले आलामले नजिकैको इटटाभटटामा जिउदै हाली मारेका थिए । त्यही घटनामा अहिले आलाम पक्राउ परेका छन् ।

यी सांसद अझै छानविनमा छन्

१) नारदमुनि राना

कैलाली ५ वाट निर्वाचित सांसद हुन् नारदमुनि राना । उनीमाथी राहदानी दुरुपयोगको अभियोग छ । २०६४ को संविधानसभामा निर्वाचित भएर आएपछि उनले कुटनीतिक राहदानी आफनो दुरुपयोग गरेको अभियोग लागेको छ । आफना्े राहदानी निर्मल वानियाँलाई विक्रि गरेको अभियोग उनीमाथी छ । २०७२ साउन २६ गते नारदमुनिलाई विशेष अदालतले दोषी हठर गरिसकेको छ ।

तर यो मुद्धा पनि सर्वाेच्चमा आईपुगेको छ । सर्वाेच्च्मा विचाराधिन छ यो मुद्धा पनि । 

प्रतिक्रिया दिनुहोस