सी चीन फर्किएपछि प्रधानमन्त्री ओलीले गरे यस्तो ट्विट

सफल खबर संवाददाता

आइतबार, २६ असोज २०७६, १८ : ४२
सी चीन फर्किएपछि प्रधानमन्त्री ओलीले गरे यस्तो ट्विट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्यरुपमा सम्पन्न भएकाले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन् ।

राष्ट्रपति चिनफिङलाई बिदाइ गरेपछि प्रधानमन्त्री ओलीले ट्विट गर्दै भनेका छन्,  “मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ ।” प्रधानमन्त्री ओलीले टुइटरमा लेखेका छन्, “उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको छ ।” 


 

प्रतिक्रिया दिनुहोस