सुनको मूल्य फेरि घट्यो

सफल खबर संवाददाता

मंगलबार, १४ असोज २०७६, १३ : ४३
सुनको मूल्य फेरि घट्यो

काठमाडौं । मंगलबार पनि सुनको मूल्य घटेको छ । केही दिनयता निरन्तर घट्दै आएको सुनको मूल्य मंगलबार पनि घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ६९ हजार २०० रहेको छ । सोमबार सुनको मूल्य ७० हजार रहेको थियो । 

यस्तै तेजावी सुनको मूल्य ६८ हजार ९०० रहेको छ । यस्तै चाँदीको मूूल्य तोलामा ८४० रहेकोमा मंगलबार घटेर ८२५ मा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस