सभामुख महरामाथी यौन दुर्व्यवहारको गम्भिर आरोप ! महरा भन्छन्, –‘कठपुतली’ मार्फत बदनाम गर्न दुस्प्रयास मात्र

सफल खबर संवाददाता

मंगलबार, १४ असोज २०७६, ०८ : २७
सभामुख महरामाथी यौन दुर्व्यवहारको गम्भिर आरोप ! महरा भन्छन्, –‘कठपुतली’ मार्फत बदनाम गर्न दुस्प्रयास मात्र

काठमाडौं । सभामुख कृष्णबहादुर महरा विवादमा तानिएका छन् । उनीमाथि संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले यौन दुब्र्ववहारको आरोप लगाएपछि महरा विवादमा आएका हुन् ।

आइतबार राती महरा निज महिलाको डेरामा गई यौन दुब्र्यवहार गरेको महिलाले आरोप लगाएकी छिन् ।

आइतबार साँझ सभामुख महराले फोन गरेर आफु आउन लागेको र पौने आठ वजे डेरामा पुगेर रक्सी खाएर दुब्र्यवहार गरेको आरोप महिलाको छ ।

तर सभामुख महराको नीजि सचिवालयले आइतबार दिउसो १२ वजे देखि २ वजेसम्म सभामुख संसद सचिवालयमा गएर सिधै निवासमा फर्केको र त्यसपछि वाहिर ननिस्किएकोले आरोप निराधार भएको जिकिर गरेको छ ।

महराका प्रेस सल्लाहकार डिल्ली मल्लले विज्ञप्ति जारी गर्दै महिलाले लगाएको आरोपको खण्डन गरेका छन् ।

‘सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु’, प्रेस सल्लाहकार मल्लले हिजो अवेर राती जारी गरेको वक्तब्यमा उल्लेख छ ।

महराले चश्मा आफ्नो कोठामै छाडेको दाबी ति महिलाले गरेकी छिन् । तर महराको सचिवालयले जारी गरेको विज्ञेप्तीमा चस्मा र जुत्ताका कुरा पुरै निराधार रहेको, चस्मा आफैसाग रहेको र आरोपमा लगाईए जस्तो सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको उल्लेख गरिएको छ ।

महराको सचिवालयले महाको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र अनुरुप निकै सुनियोजित र योजनाबद्ध रुपमा यस्तो आरोप लगाईएको वताएको छ । यसका लागि कठपुतली तयार पारिएको सचिवालयको भनाई छ ।  ‘यो जहाँबाट भयो÷भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन ।

उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ ।’  सचिवालयको वक्तब्यमा छ ।

 हेर्नुहोस वक्तब्य जस्ताको तस्तै 

 

प्रतिक्रिया दिनुहोस